गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य
सोमबार, ०८ वैशाख २०८२, २१ : ३६

काठमाडौँ । जारी आईपीएलको ३९ औं खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई १९९ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन स्टेडियममा कोलकोताले बलिङ गर्ने निर्णय गरेको थियो । निर्धारित पूरा ओभरमा गुजरातले ३ विकेट गुमाउँदै १९८ रन बनायो । उसका लागि शुभमन गिलले ९० र साई सुदर्शनले ५२ रन बनाए । कोलकाताका लागि वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले १–१ विकेट लिए ।
गुजरातबाट जोस बटलरले ४१ रन र शाहरुख खानले ११ रन बनाएर नटआउट रहे । राहुत तेवतिया भने आज शून्यमै आउट भए । १९ औं ओभरमा गुजरातले तेस्रो विकेट गुमाएको थियो ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
-
सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
-
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
-
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
-
विप्लवको प्रश्न : आयोग बनाउने भत्काउने किन गरिराखेको ?
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा