च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री पिट हेगसेथको बचाउ गरेका छन् । उनले दोस्रो पटक हुथी विद्रोहीहरूमाथि हुने हमलासम्बन्धी च्याट चुहाएको आरोप खेपिरहेका छन् । यो सब असन्तुष्ट कर्मचारीहरूको काम भएको ट्रम्पको भनाइ छ ।
हेगसेथले राम्रो काम गरिरहेकोले असन्तुष्ट कर्मचारीहरूले उनलाई निशाना बनाइरहेको ट्रम्पले भनेका छन् । हालैका दिनमा हेगसेथमाथि सिग्नल एपमा यमनका हुथी विद्रोहीमाथि गरिएको अमेरिकी हवाई हमलासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी शेयर गरेको आरोप लागेको छ । यो महत्त्वपूर्ण जानकारी शेयर गरिएको च्याट समूहमा हेगसेथकी श्रीमती र भाइ पनि थिए ।
इस्टर एग रोल कार्यक्रममा ट्रम्पले यस मामिलामा हेगसेथको बचाउ गर्दै यस्तो भनेका थिए, ‘मलाई लाग्छ यो असन्तुष्ट कर्मचारीहरूको काम हो । सबैलाई थाहा छ कि हेगसेथलाई रक्षा मन्त्रालयलाई खराब मान्छेहरूबाट छुटकारा दिलाउन राखिएको थियो । उनले त्यहीँ काम गरिरहेका छन् । त्यसैले जब यस्तो हुन थाल्छ कोही पनि सधैँ तपाईँको साथी बनेर बस्न सक्दैनन् । बरु यमनमा कति अराजकता फैलिएको छ भनेर हुथीहरूलाई सोध्नु पर्ने हो ।’
ह्वाइट हाउसले पनि हेगसेथलाई समर्थन गरेको छ । ह्वाइट हाउसले यो विवादलाई हेगसेथ र पेन्टागनका असन्तुष्ट कर्मचारीहरूबिचको कर्मचारीतन्त्रको लडाइँको रूपमा अर्थ्याएका छन् । हेगसेथले च्याट चुहाएको आरोप अस्वीकार गरेका छन् । असन्तुष्ट पूर्व कर्मचारीहरू र मिडियालाई आफ्नो प्रतिष्ठा बिगार्न खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण