च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री पिट हेगसेथको बचाउ गरेका छन् । उनले दोस्रो पटक हुथी विद्रोहीहरूमाथि हुने हमलासम्बन्धी च्याट चुहाएको आरोप खेपिरहेका छन् । यो सब असन्तुष्ट कर्मचारीहरूको काम भएको ट्रम्पको भनाइ छ ।
हेगसेथले राम्रो काम गरिरहेकोले असन्तुष्ट कर्मचारीहरूले उनलाई निशाना बनाइरहेको ट्रम्पले भनेका छन् । हालैका दिनमा हेगसेथमाथि सिग्नल एपमा यमनका हुथी विद्रोहीमाथि गरिएको अमेरिकी हवाई हमलासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी शेयर गरेको आरोप लागेको छ । यो महत्त्वपूर्ण जानकारी शेयर गरिएको च्याट समूहमा हेगसेथकी श्रीमती र भाइ पनि थिए ।
इस्टर एग रोल कार्यक्रममा ट्रम्पले यस मामिलामा हेगसेथको बचाउ गर्दै यस्तो भनेका थिए, ‘मलाई लाग्छ यो असन्तुष्ट कर्मचारीहरूको काम हो । सबैलाई थाहा छ कि हेगसेथलाई रक्षा मन्त्रालयलाई खराब मान्छेहरूबाट छुटकारा दिलाउन राखिएको थियो । उनले त्यहीँ काम गरिरहेका छन् । त्यसैले जब यस्तो हुन थाल्छ कोही पनि सधैँ तपाईँको साथी बनेर बस्न सक्दैनन् । बरु यमनमा कति अराजकता फैलिएको छ भनेर हुथीहरूलाई सोध्नु पर्ने हो ।’
ह्वाइट हाउसले पनि हेगसेथलाई समर्थन गरेको छ । ह्वाइट हाउसले यो विवादलाई हेगसेथ र पेन्टागनका असन्तुष्ट कर्मचारीहरूबिचको कर्मचारीतन्त्रको लडाइँको रूपमा अर्थ्याएका छन् । हेगसेथले च्याट चुहाएको आरोप अस्वीकार गरेका छन् । असन्तुष्ट पूर्व कर्मचारीहरू र मिडियालाई आफ्नो प्रतिष्ठा बिगार्न खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड