कर्मचारी निवृत्त भएपछि हुने नियुक्तिमा कुलिङ पिरियड नराखौँ : रघुजी पन्त
काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले कर्मचारीलाई सेवानिवृत्त भएपछि पाउने नियुक्तिमा कुलिङ पिरियड विधेयकमा नराख्न प्रस्ताव गरेका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती ऐनसम्बन्धी विधेयकमाथिको दफाबार छलफलमा यस्तो प्रस्ताव गरेका हुन । सांसद पन्तले कुलिङ पिरियड नै हटाउन आवश्यक देखिएको बताए ।
उनले भने, ‘सहमति जुट्दैन भने कुलिङ पिरियड नै नराखौँ । नरहे बाँस, नबजे बाँसुरी । विधेयक नै यसमा अल्झाउनुहुँदैन । साना तिना विषयमा विषयमा विधेयक पास गर्ने र बनाउने विषयमा अल्पमत र बहुमत गर्न पनि उचित हुँदैन ।’
सांसद पन्तले सर्वसम्मतिबाट कुलिङ पिरियडको व्यवस्था हटाउन आवश्यक रहेको बताए । एक वर्षमात्र कुलिङ पिरियड राख्ने पक्षमा एमालेबाहेक कुनै पनि दल छैनन् । उनले कुलिङ पिरियडका विषयमा एमाले अल्पमतमा पर्ने देखिएपछि अल्पमत–बहुमतका आधारमा निर्णय नलिन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण