अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
उनले जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भए पनि त्यसलाई सम्पन्न गर्न सरकारको विशेष ध्यानाकर्षण गराए । उनले ५० करोड बराबरका परियोजनाहरू डीपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको बताए ।
उनले भने, ‘अर्थमन्त्रीज्यूलाई म भएका प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने बाटोमा जानुस् भन्छु । जतिसुकै अन–पपुलर हुनु परेता पनि कसैको पनि क्षेत्रमा एउटा सिद्धान्तमा आधारित इनकम्प्लिट प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने मात्रै प्राथमिकतामा राख्नुस् ।’
उनले वर्तमान परिस्थिति र राजश्व उठ्ने परिस्थिति र खर्च गर्ने क्षमतालाई नहेरी नयाँ परियोजनाहरू नराख्न अर्थमन्त्रीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण