ला लिगामा रियालले घटायो बार्सिलोनासँग अंक दुरी
बिहीबार, ११ वैशाख २०८२, ०५ : ३२

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग फेरि अंक दुरी घटाएको छ । गेटाफेको घरेलु मैदानमा १-० को जित निकाल्दै रियालले बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको हो ।
अवे मैदानमा रियाललाई जिताउन अर्दा गुलरले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । योसँगै रियालको ३३ खेलबाट ७२ अंक भएको छ भने समान खेलबाट शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक छ । दुबै उपाधि दौडमा छन् ।
यस्तै, ला लिगा मै एथ्लेटिक बिल्बाओले लस पल्मसलाई तथा डेपोर्टिभो अलाभेस र रियाल सोसिडाडले १-० को जित निकाल्दा सेल्टा भिगोले भियारियालविरुद्ध ३-० को फराकिलो जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड