ला लिगामा रियालले घटायो बार्सिलोनासँग अंक दुरी
बिहीबार, ११ वैशाख २०८२, ०५ : ३२
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग फेरि अंक दुरी घटाएको छ । गेटाफेको घरेलु मैदानमा १-० को जित निकाल्दै रियालले बार्सिलोनासँगको दुरी ४ अंकमा झारेको हो ।
अवे मैदानमा रियाललाई जिताउन अर्दा गुलरले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । योसँगै रियालको ३३ खेलबाट ७२ अंक भएको छ भने समान खेलबाट शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक छ । दुबै उपाधि दौडमा छन् ।
यस्तै, ला लिगा मै एथ्लेटिक बिल्बाओले लस पल्मसलाई तथा डेपोर्टिभो अलाभेस र रियाल सोसिडाडले १-० को जित निकाल्दा सेल्टा भिगोले भियारियालविरुद्ध ३-० को फराकिलो जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण