इटालियन सिरी’ए मा लाजियो र फायोरेंटिना जित्दा युभेन्ट्स हार्यो
बिहीबार, ११ वैशाख २०८२, ०५ : ५८
काठमाडौं । इटालियन सिरी’ए मा लाजियो र फायोरेंटिना जित्दा युभेन्ट्स हारेको छ । बुधबार राती भएका खेलमा लाजियोले जेनोआलाई २-० ले हरायो ।
सुरुवातमै ओटोआ रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टोली जेनोआ दबाबमा पर्यो । लाजियोलाई जिताउन भ्यालेन्टाइन कास्टेलानोस र बोलाय डियाले गोल गरे । यी दुईले गोल गरे लगत्तै लाजियो पनि १० जनामा सिमित भयो ।
अर्को खेलमा फायोरेंटिनालो कालियरीलाई २-१ ले हराउँदा युभेन्ट्स १-० ले पराजित भयो । यस्तै, टोरिनोले युडिनिजलाई २-० ले हराएको छ । जितपछि लाजियो अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने हार्दा पनि युभेन्ट्स पाँचौ स्थानमा छ ।
शीर्ष स्थानको इन्टर मिलान र दोस्रो स्थानको नापोलीको समान ३३ खेलबाट समान ७१ अंक छ । तेस्रो स्थानको एटलान्टाको ६४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण