ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
शुक्रबार, १२ वैशाख २०८२, ०४ : ४७
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा एटलेटिकोले रायो भायकानोलाई ३-० गोल अन्तरले हरायो ।
घरेलु टोलीलाई जिताउन अलेक्जेन्डर सार्लोथले पहिलो तीन मिटेमै गोल गरे । पहिलो हाफको अन्तिम मिनेट (४५)मा कोनोर गैलाघरले टोलीको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा जुलियन अल्भारेजले व्यक्तिगत एक गोल गर्दै ३-० मा खेल टुंग्याए ।
यो जितपछि एटलेटिकोको ३३ खेलबाट ६६ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक हुँदा दोस्रो स्थानको रियाल मड्रिडको ७२ अंक छ ।
ला लिगामै रियाल बेटिसले रियाल भालाडोलिडविरुद्ध ५-१ को जित निकाल्दा ओसासुनाले सेभियाविरुद्ध १-० को जित निकाल्यो । यस्तै, लेगानेस र गिरोनाले १-१ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण