कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
शनिबार, १३ वैशाख २०८२, १६ : ११
कलैया । मधेस मुख्यमन्त्री सतिस सिंह बाराको कलैयामा निजी अस्तपताको अनुगमनमा छन् । शनिबार बिहानदेखि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरुको अनुगमन सुरु गरेका हुन् ।
यसैबिच मुख्यमन्त्री सिंहले कलैयाको योगशिला अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । मापदण्डविरीत सञ्चालन भएको पाइएपछि उनले तत्कालै बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
१५ शय्याको यस अस्पतालमा शल्यक्रियाका गर्न नमिल्ने अनुगमनका क्रममा देखिएको थियो ।
गएको २५ माघदेखि मुख्यमन्त्री सिंहले मधेश प्रदेशभरि रहेका निजी अस्पतालको अनुगमन गरिरहेका छन् । हालसम्म मुख्यमन्त्री सिंहले प्रदेशका १८० वटा निजी अस्पतालहरू अनुगमन गरिसकेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
जसमध्ये १३३ वटा वटा मापदण्डविपरीत सञ्चालित रहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण