मुम्बईको जितमा बुमराहको रेकर्ड
मुम्बई । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा मुम्बई ५४ रनले विजयी बनेको हो ।
मुम्बईले प्रस्तुत गरेको २ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । टोलीको जितमा स्टार बलर जसप्रित बुमराह नायक बने । ४ ओभर बलिङ गर्दै उनले मात्र २२ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए ।
योसँगै उनी मुम्बईका लागि आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले १ सय ३९ खेलमा १७४ विकेट लिन सफल भएका छन् । उनको उत्कृष्ट बलिङ प्रदर्शन १० रन खर्चेर ५ विकेट लिनु हो । उनले एकै खेलमा ३ पटक ४ विकेट र २ पटक ५ विकेट लिएका छन् ।
बुमराहपछि लासिथ मलिङ्गा दोस्रो स्थानमा रहेका छन् । उनले १ सय ७० विकेट लिएका छन् । तेस्रो स्थानमा हरभजन सिंह छन् । उनको नाममा १ सय २७ विकेट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026