सरकारसँग गगन थापाको आग्रहः शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस्
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
शिक्षक र सुरक्षाकर्मीहरूबिच आइतबार भएको झडप दुःखद र चिन्ताजनक भएको र लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षक, सुरक्षाकर्मी र पत्रकार घाइते हुनु कुनै पनि हिसाबले उचित नहुने र घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको समेत उनले कामना गरेका छन् । साथै राज्यसँग आग्रह पनि गरेका छन् ।
उनले लेखेका छन् – शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।
शिक्षक र प्रहरीबिच आज भएको झडपमा पत्रकार सविना कार्की घाइते भएकी थिइन् । तीन साताभन्दा लामो समयदेखि शान्तिपूर्ण ढंगले चलेको शिक्षकहरूको आन्दोलनले भने आज एक्कासि उग्र रूप लिएको थियो । यस क्रममा आज ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण