अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
साना । अमेरिकाले गरेको हवाई आक्रमणमा परेर अफ्रिकी आप्रवासीहरूलाई राखिएको जेलमा कम्तीमा ३० जनाको मृत्यु भएको यमनको हुथी विद्रोहीहरूले बताएका छन् । तत्कालै यो खबरमा अमेरिकी सेनाले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
यमनको साद गभर्नोरेट हुथीहरूको बलियो पकड भएको ठाउँ हो । यही ठाउँमा एक जेलमा इथोपिया र अन्य अफ्रिकी देशका आप्रवासीहरूलाई राखिएको थियो । साउदी अरब छिर्न अफ्रिकी आप्रवासीहरू यमनको बाटो प्रयोग गर्छन् ।
सोमबार बिहान एक विज्ञप्तिमा अमेरिकी सेनाको सेन्ट्रल कमान्डले हवाई आक्रमणको विस्तृत जानकारी नदिने आफ्नो नीतिको बचाउ गरेको थियो । एपीले सादमा भएको आक्रमणबारे सोधेको प्रश्नको उत्तर तत्कालै यसले नदिएको बताइएको छ ।
हुथीको अल–मसिराह सेटलाइट न्यूजले आक्रमणपछिको विध्वंसको भिडियो फुटेज शेयर गरेको थियो । पछि च्यानलले यस आक्रमणमा कम्तीमा ३० जना मारिएको भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण