फ्रान्सको मस्जिदमा संघातिक हमलाका सन्दिग्ध इटलीमा पक्राउ
पेरिस । फ्रान्सको एक मस्जिदमा एक युवकको हत्याका सन्दिग्धले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । फ्रान्सको दक्षिणमा रहेको ला ग्रान्डे कोम्बे सहरको एक मस्जिदमा शुक्रबार आरोपीले एक युवकको हत्या गरेका थिए ।
आरोपीले आक्रमणको घटना आफ्नो फोनमा रेकर्ड पनि गरेका थिए । सुरक्षा क्यामेरा फुटेजमा अभियुक्तको तस्बिर कैद भएको थियो । अभियुक्तमाथि ईश्वर निन्दाको आरोप पनि लगाइएको छ ।
सन्दिग्ध अभियुक्तले इटलीका प्रहरीसमक्ष आत्मसमर्पण गरेको फ्रान्सेली गृहमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । तर, यस विषयमा धेरै जानकारी भने दिइएको छैन ।
यो इस्लामोफोबिक आक्रमण हुनसक्ने अभियोजन पक्षले बताएको छ । सन्दिग्ध अभियुक्तको जन्म २००४ मा फ्रान्समा भएको थियो । अभियुक्तको यस अघिका कुनै आपराधिक इतिहास छैन ।
कुन परिस्थितिले युवकलाई हत्याजस्तो कदम चाल्न प्रेरित गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले पनि यस घटनामा बयान दिएका छन् ।
फ्रान्समा जात र धर्मको आधारमा भेदभावको लागि कुनै ठाउँ नभएको उनको भनाइ छ । युवकको हत्या भएको मस्जिदले एक विज्ञप्ति जारी गर्दै पीडितको पहिचान अबु बकरको रूपमा गरेको छ ।
युवकको मस्जिदमा सफाइ गर्ने क्रममा मृत्यु भएको थियो । आइतबार ला ग्रान्डे सहरमा उक्त नरसंहारको विरोधमा विरोध प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण