रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता भएर बन्ने नयाँ पार्टी दर्ताका लागि वैशाख १९ गते निर्वाचन आयोग जाने भएको छ । दुवै पार्टीबिच एकता हुने दलको नाम ‘जनमत पार्टी’ रहने निर्णय भइसकेको छ । त्यो पार्टीलाई वैशाख १९ गते नै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरिएको हो ।
एकताको विषयलाई लिएर आज नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो । सो बैठकले जनमत पार्टीसँगको एकताको निर्णयलाई औपचारिकता दिएको सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए ।
वैशाख १७ गते दुवै पार्टीको बिचमा एकता घोषणा हुँदैछ । एकता घोषणा भएकै दिन प्रज्ञा भवनमा एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसी निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने बताइएको छ । वैशाख १८ गते सार्वजनिक बिदा परेकाले १९ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ । नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट आधा आधा रहने बताइएको छ । ५१ सदस्यीय पदाधिकारी हुने सो पार्टीमा नागरिक उन्मुक्तितर्फबाट संरक्षकसहित२५ जना पदाधिकारी रहने बताइएको छ ।
बैठकमा संरक्षक रेशम चौधरीले दुई पार्टीको एकताले नयाँ इतिहास रच्ने र नयाँ पार्टी सबैको साझा पार्टी बनाउने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण