रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता भएर बन्ने नयाँ पार्टी दर्ताका लागि वैशाख १९ गते निर्वाचन आयोग जाने भएको छ । दुवै पार्टीबिच एकता हुने दलको नाम ‘जनमत पार्टी’ रहने निर्णय भइसकेको छ । त्यो पार्टीलाई वैशाख १९ गते नै निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरिएको हो ।
एकताको विषयलाई लिएर आज नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बसेको थियो । सो बैठकले जनमत पार्टीसँगको एकताको निर्णयलाई औपचारिकता दिएको सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए ।
वैशाख १७ गते दुवै पार्टीको बिचमा एकता घोषणा हुँदैछ । एकता घोषणा भएकै दिन प्रज्ञा भवनमा एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसी निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने बताइएको छ । वैशाख १८ गते सार्वजनिक बिदा परेकाले १९ गते निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको छ । नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट आधा आधा रहने बताइएको छ । ५१ सदस्यीय पदाधिकारी हुने सो पार्टीमा नागरिक उन्मुक्तितर्फबाट संरक्षकसहित२५ जना पदाधिकारी रहने बताइएको छ ।
बैठकमा संरक्षक रेशम चौधरीले दुई पार्टीको एकताले नयाँ इतिहास रच्ने र नयाँ पार्टी सबैको साझा पार्टी बनाउने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला