शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रूपमा पछाडि धकेल्ने बताएका छन् । नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाले १३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रम उनले देशलाई पछाडि पार्ने काम कसैले गर्न नहुने समेत बताए ।
जनतालाई प्रत्येक्ष रूप सेवा दिने कर्मचारीमा देशभक्तिको भावना भए कुनै समस्या नआउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘युवाहरू घरखेत बेचेर विदेश गइरहेका छन् । यसरी जानुभन्दा
देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ, राज्यले चासो दिनुपर्छ । यसका साथै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुर एक हुन जरूरी छ’, उनले भने ।
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा मजदुरको जीवनको कुनै मूल्य नहुने भन्दै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प