रेशम चौधरी पक्राउ प्रकरण
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
बुधबार, १७ वैशाख २०८२, १७ : ४६

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउलाई समान्य घटनाको रुपमा नलिएको बताएका छन् । चौधरी रिहा भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राउतले पार्टी एकता घोषणासभा स्थलबाटै नागरिक उन्मुक्ति पार्टीका संरक्षकलाई पक्राउ गरिनुले ठुलो षड्यन्त्रको रुपमा आफूले लिएको बताए ।
‘यसलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ । ठुलो शक्ति बन्न लाग्दा भाँड्नका लागि यो सबै भयो’, उनले भने, ‘यो सामान्य पक्राउ होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको छ । यो धेरै माथिबाट भएको छ ।’
नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी