रेशम चौधरी पक्राउ प्रकरण
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
बुधबार, १७ वैशाख २०८२, १७ : ४६
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउलाई समान्य घटनाको रुपमा नलिएको बताएका छन् । चौधरी रिहा भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राउतले पार्टी एकता घोषणासभा स्थलबाटै नागरिक उन्मुक्ति पार्टीका संरक्षकलाई पक्राउ गरिनुले ठुलो षड्यन्त्रको रुपमा आफूले लिएको बताए ।
‘यसलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ । ठुलो शक्ति बन्न लाग्दा भाँड्नका लागि यो सबै भयो’, उनले भने, ‘यो सामान्य पक्राउ होइन । कर्मचारीलाई मोहरा मात्रै बनाइएको छ । यो धेरै माथिबाट भएको छ ।’
नागरिक उन्मुक्ति र जनमतबीचको पार्टी एकता घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रम स्थल पुग्नेबित्तिकै चौधरी पक्राउ परेका थिए । तर, उनी पक्राउपछि सर्वोच्चको कर्मचारीले फेक पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण