१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म

काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको २० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- आन्दोलन फिर्ता
आवासीय चिकित्सक र सरकारबिच तीनवटा विषयमा सहमति भएको छ । शनिबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबिच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।
- कांग्रेस बैठक
नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले काँग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताएका हुन् ।
- एमाले बैठक
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सही छ भनी ढुक्कका साथ भन्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
- एकता महाधिवेशन
गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको छ । एनआरएनएसँग सम्बन्धित विभागीय मन्त्री परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्यता तथा विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिको सहभागितामा महाधिवेशन सुरु भएको हो ।
- तीन दलको ‘बार्गेनिङ’
सङ्क्रमणकालीन न्याय (टीआरसी)को बाँकी काम टुङ्गो लगाउन गठन हुने भनिएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा प्रमुख दलबिच भागबण्डाको ‘बार्गेनिङ’ चलेको छ । सरकारको नेतृत्वकर्ता नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच आयोगका पदाधिकारीमा हानथाप देखिएको हो ।
- संस्कार
‘देखासिखिले भडक बढाई आएका तपसीलका कुरामा’ भन्ने वाक्यांश जुद्धशमशेरको इस्तिहारमा जुन परेको छ, आजका दिनमा यो वाक्यांश हाम्रा हरेक समुदायमा चरितार्थ देखिन्छ । अहिले बिहेमा सुनको प्रयोग डरलाग्दो छ ।
- पहिलो प्रस्रव
श्रीमान् अफिस गएका बेला इल्याले मनका भावना कापीमा पोख्थिन् । कतिपय भावनालाई कथाको रूप पनि दिइन् । यसरी कापीमा पोखिएका आफ्ना भावना अरुलाई देखाउन वा सुनाउन उनलाई लाज हुन्थ्यो, लुकाएरै राख्थिन् । एक दिन इल्याका श्रीमान् (दीपक भट्टराई) ले सुटुक्क उनको नोटबुक पढ्न पुगे, त्यसबाट ‘उसको पुतली’ शीर्षकको एउटा कथा झिके र ‘गरिमा’ पत्रिकालाई दिए ।
- परिवारै मिलेर सहकारी ठगी
दुई करोडभन्दा बढी रकम हिनामिना गरी विगत दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
- फोटोफिचर
- शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार