सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् ।
कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म उनी सदस्य थिइन् ।
२०७४ मंसिर ४ देखि २०७६ भदौ २१ सम्म उनले सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्, ‘सदस्य हुँदा ८९ लाख ३४ हजार र सहसचिव हुँदा १ करोड ४२ लाख अपचलन भएको देखिएको छ ।’
राई वैशाख १३ गते बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनबाट पक्राउ परेकी हुन् । उनीविरुद्ध अदालतबाट म्याद लिएर ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । बोहराले भने, ‘उहाँ सदस्य र सहसचिव हुँदा विभिन्न निर्णय र माइन्युटमा हस्ताक्षर गरेको भेटिएको छ ।’
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला माया राईको यकिन नाम थर र वतन नखुलेको भन्दै खुलेको बखत पेस गर्ने गरी अभियोगपत्र दर्ता गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । मुलुकी कार्यविधि संहिता–२०७४ को दफा ३५ अनुसार नाम, थर र वतन नखुलेको अवस्थामा छुट्टै अनुसन्धान प्रतिवेदन पेस गर्न सक्ने व्यवस्था छ ।
स्वर्णलक्ष्मीमा ५ हजार ६ सय ६९ बचकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रकम जोखिममा परेको छ । सञ्चालकहरूले रकम बचत रकम फिर्ता नदिएर आफूखुसी अपचलन गरेर संगठित रूपमा ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीले नाम, थर र वतन यकिन गरेर २०८१ भदौ २ मा अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण