खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा

काठमाडौँ । गर्मी याममा खरबुजाको खपत निकै बढ्छ । तर हामी खरबुजाको बियाँ भने प्रायः फ्याँकिदिन्छौ । तर यसको बियाँमा शरीरलाई आवश्यक अनेक भिटामिन, खनिज, स्वस्थ बोसो र प्रोटिन पाइन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? खरबुजाको बियाँलाई सुकाएर वा भुटेर स्न्याक्सको रूपमा त्यत्तिकै कुटुकुटु खान सकिन्छ ।
नेशनल लाइब्रेरी अफ मेडिसिनद्वारा प्रकाशित एक अध्ययनअनुसार खरबुजाको बियाँको तेलले लिपिड प्रोफाइल सुधार गर्न मद्दत गर्छ, साथै यसले खराब कोलेस्ट्रोल कम गर्न र राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्छ । यसको बियाँको तेल मुटुको स्वास्थ्यको लागि पनि फाइदाजनक मानिन्छ । आजको यस लेखमा हामी खरबुजाको बियाँ खाँदाका फाइदाहरूबारे कुराकानी गर्नेछौँ ।
पर्याप्त म्याग्नेसियम
यसको बियाँमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । शरीरलाई ऊर्जावान रहन र मांसपेशीहरूलाई आराम दिन यो चाहिन्छ । विशेष गरी गर्मीका दिनहरूमा यो निकै उपयोगी हुन्छ । २८ ग्राम खरबुजामा लगभग १४०–१५० मिलिग्राम म्याग्नेसियम हुन्छ ।
डिहाइड्रेसन रोक्छ
यी बियाँहरूमा म्याग्नेसियम, पोटासियमको साथमा थोरै मात्रामा सोडियम पनि हुन्छ । यी खनिजहरूले शरीरको तरल पदार्थ सन्तुलन कायम राख्न र डिहाइड्रेसन रोक्न मद्दत गर्छन् । खरबुजाको बीउमा पाइने खनिजहरूले स्नायु र मांसपेशीको कार्यलाई टेवा दिन्छ, जसले गर्दा तरल पदार्थको कमीले हुने चक्कर लाग्ने, कमजोरी महसुस हुने र तरलको कमीका कारण पेट बाउँडिने जस्ता जोखिम कम हुन्छ ।
प्रोटिनले भरिपूर्ण
विज्ञहरूका अनुसार २८ ग्राम खरबुजाको बियाँमा लगभग ८–१० ग्राम प्रोटिन हुन्छ । यो प्रोटिनले मांसपेशीको तन्तु पुनर्निर्माण गर्न मद्दत गर्छ र व्यायाम पछि वा गर्मी मौसममा फाइदाजनक हुन्छ ।
पाचन सुधार गर्छ
यी बियाँमा घुलनशील र अघुलनशील दुवै फाइबर हुन्छन्, जसले नियमित रूपमा शरीरबाट दिशा बाहिर निकाल्न मद्दत गर्छ, कब्जियत रोक्छ र आन्द्राको स्वास्थ्यलाई टेवा दिन मद्दत गर्दछ । खरबुजाको बियाँमा पाइने फाइबरले प्रिबायोटिक्सको रूपमा काम गर्छ, जसले पेटमा राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने