आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

दराजद्वारा बेस्ट डिल अभियानको घोषणा

सोमबार, २२ वैशाख २०८२, १० : १९
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान सोमबारदेखि  वैशाख २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्यास सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । 

यस अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्यास सेल सेक्सन नियमित हेर्न ग्राहकहरूलाई अनुरोध गरेको छ । 

साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

कम्पनीले भनेको छ, ‘५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम रु. ४९९ खर्च गरी चुनिएका विक्रेताहरू बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सक्नु हुनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी फ्री डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सक्नुहुनेछ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप