विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
काठमाडौँ । भारतका प्रभावशाली क्रिकेट खेलाडी विराट कोहलीमाथि गरेको एक टिप्पणीलाई लिएर बलिउडका चर्चित गायक राहुल वैद्य विवादमा परेका छन् । विराटका समर्थकहरू सामाजिक सञ्जालमा गायक राहुलमाथि खनिएका छन् ।
एक प्रसंगामा गायक राहुलले भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीलाई ‘जोकर’ भनेर टिप्पणी गरेका थिए । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा विराट ‘जोकर’ र विराटका समर्थकहरू ‘महाजोकर’ भएको टिप्पणी गरेका थिए ।
गायक राहुलको उक्त टिप्पणी भाइरल बनेको थियो । त्यसपछि विराटका समर्थकहरू उनीमाथि खनिएका हुन् । केही समयअघि विराट कोहलीले इन्स्टाग्राममा भारतीय टेलिभिजन कलाकार अवनित कौरको एउटा तस्बिरमा लाइक गरेका थिए ।
विराटले लाइक गरेपछि अभिनेतृ अवनित कौरको फ्यान फलोइङ पनि निकै बढेको थियो । विराटले अवनितको तस्बिरमा लाइक गरेपछि समर्थकहरुले पनि विभिन्न अनुमान लगाउन सुरु गरेका थिए ।
सोही विषयलाई लिएर गायक राहुलले विराटलाई जोकरको सँज्ञा दिएका थिए । अहिले विराटका समर्थकले राहुललाई मात्र नभई उनका परिवारका सदस्यलाई पनि गाली गरिरहेका छन् । त्यसपछि गायक राहुलले सामाजिक सञ्जालमा अर्को पोष्ट पनि गरेका छन् ।
विराटका समर्थकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईँहरू मलाई गाली गर्न स्वतन्त्र हुनुहुन्छ । तर, यो विषयमा मेरो श्रीमती र बहिनी कतै पनि जोडिएका छैनन् । त्यैपनि किन तपाईँहरू उनीहरूलाई गाली गर्दै हुनुहुन्छ ? यसले पनि तपाईँहरू महाजोकर हो भन्ने पुष्टि हुन्छ । म अझै पनि भन्छु विराट जोकर हुन् र उनका समर्थकहरू महाजोकर ।’
टेलिभिजन कलाकार अवनित कौरले बलिउड चलचित्रमा समेत ‘डेब्यू’ गरिसकेकी छन् । उनले नवाजुद्दिन सिद्दिकीको चलचित्र ‘टिकु वेड्स शेरु’ मा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण