बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
काठमाडौँ । बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु भएको घटना प्रकाशमा आएको छ ।
घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा मंगलबार भएको हो ।
रामपुरकै हजरतनगर निवासी ३० वर्षीय योगेन्द्र विवाहको तयारीमा थिए । मंगलबार नै जन्तीसहित बिहेका लागि बेहुलीको घरतर्फ जाने तयारीमा थिए उनी ।
बिहान गुरुद्वारामा आशीर्वाद लिन भनेर उनी मोटरसाइकल चढेर टांडातर्फ गए । तर बाटोमै दुर्घटनामा परेर उनको निधन भयो ।
बुरहानपुर गाउँ निवासी २५ वर्षीय भावनासँग उनको विवाह हुने तय भएको थियो । योगेन्द्र ग्रीन थर्मो फ्याक्ट्री, मुरावादमा इन्जिनियर थिए ।
मंगलबार बेलुका जन्ती प्रस्थान गर्ने कार्यक्रम थियो । सोही अनुसार नातेदारहरू घरमा जमघट हुँदै गर्दा उक्त दुर्घटना भएको हो ।
सो क्षेत्रका एसपी विद्यासागर मिश्राले योगेन्द्रको शव पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण