बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु

काठमाडौँ । बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु भएको घटना प्रकाशमा आएको छ ।
घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा मंगलबार भएको हो ।
रामपुरकै हजरतनगर निवासी ३० वर्षीय योगेन्द्र विवाहको तयारीमा थिए । मंगलबार नै जन्तीसहित बिहेका लागि बेहुलीको घरतर्फ जाने तयारीमा थिए उनी ।
बिहान गुरुद्वारामा आशीर्वाद लिन भनेर उनी मोटरसाइकल चढेर टांडातर्फ गए । तर बाटोमै दुर्घटनामा परेर उनको निधन भयो ।
बुरहानपुर गाउँ निवासी २५ वर्षीय भावनासँग उनको विवाह हुने तय भएको थियो । योगेन्द्र ग्रीन थर्मो फ्याक्ट्री, मुरावादमा इन्जिनियर थिए ।
मंगलबार बेलुका जन्ती प्रस्थान गर्ने कार्यक्रम थियो । सोही अनुसार नातेदारहरू घरमा जमघट हुँदै गर्दा उक्त दुर्घटना भएको हो ।
सो क्षेत्रका एसपी विद्यासागर मिश्राले योगेन्द्रको शव पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत