महाभारतमा यी पात्रको भूमिका निभाउन चाहन्छन् आमिर खान
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘सितारे जमीन पर’ का कारण चर्चामा छन् । यसैबिच, एक अन्तरवार्ताको क्रममा आमिरले आफ्नो ड्रिम प्रोजेक्ट महाभारतबारे रोचक खुलासा गरेका थिए ।
आमिर खान लामो समयदेखि आफ्नो ड्रिम प्रोजेक्ट महाभारतको बारेमा कुरा गर्दै आएका छन् । यो परियोजना आफ्नो मनको धेरै नजिक रहेको उनले बताएका छन् ।
‘महाभारत बनाउने त मेरो सपना हो, तर यो धेरै गाह्रो छ,’ उनले भनेको भन्दै न्युज १८ डट कमले समाचार छापेको छ । महाभारत एक ठुलो फिल्म फ्रान्चाइजी हुने र जसमा फरक–फरक निर्देशकहरूले फरक–फरक भागहरूमा काम गर्ने यस महिनाको सुरुमा आमिरले पुष्टि गरेका थिए । कुन पात्र निर्वाह गर्न चाहनुहुन्छ भनेर सोध्दा आफूलाई कृष्णको चरित्र मन पर्ने र उनीबाट धेरै प्रेरित रहेको पनि बताएका थिए ।
ठुलो स्तरमा बनाइनेछ फिल्म
यसबारे अहिले धेरै भन्न नचाहेको तर यो धेरै ठुलो परियोजना भएको आमिरले बताए । प्रत्येक पात्रको लागि सही कलाकारहरू छनोट गरिने उनको भनाइ छ । ‘हामी हेर्नेछौँ कि कुन पात्र कसको लागि उपयुक्त छ’ उनले भने ।
यो फिल्म आफैँ निर्देशन नगर्ने पनि उनले स्पष्ट पारे । यो निकै ठुलो प्रोजेक्ट भएको र यसको कहानी एउटै फिल्ममा भन्न नसकिने पनि उनले बताए । यसका लागि कयौँ भागमा फिल्म बनाउनुपर्ने र धेरै निर्देशकहरू चाहिन सक्ने पनि उनको भनाइ थियो ।
आमिर खान चाँडै नै फिल्म ‘सितारे जमीं पर’ मा देखिनेछन्, यो फिल्म उनको फिल्म ‘तारे जमीं पर’ को सिक्वेल हो । हालै आमिरले फिल्म सितार जमिन परको पोस्टर रिलिज गरेर यसको रिलिज मिति सार्वजनिक गरेका थिए । यो फिल्म जुन २० मा सिनेमा घरहरूमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण