भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ बारे माओवादीका गुरुङ र शर्माले के भने ?
काठमाडौँ । भारतले जम्मु–काश्मीर प्रशासित क्षेत्र पहलगाममा भएको हमलाको जवाफमा आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । वैशाख ११ गते आतंककारी हमलामा परी एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए । सोही हमलाको विरुद्ध बुधबार भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत जम्मु–काश्मीरको ९ स्थानमा हवाइ आक्रमण गरेको थियो । भारत र पाकिस्तान दुवै नेपालको घनिष्ट छिमेकी तथा मित्र राष्ट्र हुन् ।
आतंकवादी हमलापछि दुई देशबिच द्वन्द्व चर्किँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर महासचिव देव गुरुङले भारतद्वारा गरिएको आक्रमण अत्यन्त दुःख विषय भनेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले कसले आक्रमण गरेको पहिचान नभइ पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न नसकिने उल्लेख गरेका छन् ।
‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दुःखद विषय हो । भारतले आक्रमणको कारण केहिदिन अगाडि कास्मिरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’, उनले लेखेका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नुपर्छ । तर उक्त पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिँदैन । यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन ।’
त्यसप्रकारको सैन्य कारबाहीहरू अविलम्व बन्द गरी दुबै मुलुकबिचमा संवाद गरिनुपर्ने धारणा राखेका छन् । साथै पलगाम हत्याकाण्डबारे स्वतन्त्र प्रकारको अन्तर्राष्ट्रिय कमिसन गठन गरी छानबिन गरिनुपर्ने उनले लेखेका छन् ।
‘भारत र पाकिस्तान दुबै नेपालको छिमेकी मित्रराष्ट्र हो । दुवै मुलुकसँग नेपालको दौत्य सम्बन्ध छ । छिमेकीहरू बिचको द्वन्दबाट नेपाल प्रभावित हुन्छ । यस्तो स्थितिमा नेपालले संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्वान्तको आधारमा नेपाल मौन बस्न मिल्दैन । नेपालले युद्ध होइन, शान्तिको पक्ष लिनैपर्छ । शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ’, गुरुङले लेखेका छन् ।
यता उपमहासचिव जनार्दन शर्माले महासचिवको धारणालाई खण्डित गर्नेगरी भारतले सुरु गरेको अपरेसन समर्थन गरेको भावमा शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक भएको फेसबुकमा लेखेका छन् ।
‘भारतले आतंकवादविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ’, शर्माले लेखेका छन् ।
पार्टीको आधिकारिक धारणा सार्वजनिक नभइ महासचिव र उपमहासचिवले आपसमा मत बाझिने खालका धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण