भारतको प्रश्न : ‘आतंककारीहरूको अन्त्येष्टिमा पाकिस्तानी सेना के गरिरहेको थियो ?’
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानमा भारतीय आक्रमणमा मारिएकाहरूको अन्त्येष्टिमा सेनाको उपस्थितिमाथि प्रश्न उठाएका छन् ।
भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा अन्त्येष्टिको तस्बिर देखाउँदै मिश्रीले सोधे, ‘के पाकिस्तानले आतंककारीहरूलाई राजकीय सम्मान दिन्छ ?’ मिश्रीले भने, ‘भारतीय हवाई आक्रमणपछि आतंककारीहरूको अन्त्येष्टिका केही तस्बिरहरू हामीले देखेका छौँ। यदि सर्वसाधारण मात्र मारिएका भए मलाई थाहा छैन अन्त्येष्टिका यी तस्बिरहरूले के सन्देश दिन्छ ? यो प्रश्न सोध्नुपर्छ ।’
मिश्रीले एउटा तस्बिर देखाए जसमा पाकिस्तानी सैन्य बलका अधिकारीहरू पनि अन्त्येष्टिमा उपस्थित रहेको देखिन्थ्यो। उनले भने, ‘पाकिस्तानी झण्डा र राजकीय सम्मानका साथ एक नागरिकको अन्त्येष्टि भइरहेको देख्नु पनि अनौठो थियो ।’

उनले भने, ‘हामी (भारत) विश्वास गर्छौँ कि ती स्थानहरूमा आतंककारीहरू थिए र त्यहाँ मारिएकाहरू आतंककारीहरू थिए । हामीलाई आक्रमणमा आतंककारी मारिएका छन् भन्ने थियो तर उनीहरूको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ ।’
यसैबिच, पाकिस्तानका विदेशमन्त्री इशाक दारले रोयटर्ससँग कुरा गर्दै पाकिस्तान र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको कार्यालयबिच सम्पर्क भएको दाबी गरेका छन् । उनले दुई देशका सेनाबिच हटलाइन सञ्चालनमा रहेको बताए ।
दिल्लीमा पत्रकार सम्मेलनको क्रममा भारतका विदेश सचिवलाई यसबारे सोध्दा उनले यसबारे कुनै जानकारी नभएको बताए । मिश्रीले भने, ‘मलाई यसबारे कुनै जानकारी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण