आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले भारत र पाकिस्तानको बिचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले काँग्रेसले आतंकवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताए ।
उनले भने , ‘भारत र पाकिस्तानको बिचमा जुन द्वन्द्व चर्किएको छ । त्यसअघि भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो । लक्षित किसिमबाट निहत्था सिभिलियन आक्रमणमा मारिए । त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । पछिल्लो समयमा पनि यो जुन परिस्थिति छ, हामी जहिले पनि आतंकवादको खिलाफमा छौँ । आतंकवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ ।’
उनले पाकिस्तान र भारतबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताए । उनले भने, ‘युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलियनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरूमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रूपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलाफमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण