चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौँमा भएको घटनाको आवरणमा सरकारले प्रतिसोध साधिरहेको बताएका छन् ।
राप्रपाका नेता रवीन्द्र मिश्र लगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पुगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्दा लगाएको भन्दै सरकार प्रतिसोधका रूपमा प्रस्तुत भइरहेको बताएका हुन् ।
सबैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरूमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए । अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे ।
चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी नभएको उनले बताए । मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण