रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु पाँच हजारसहित सम्मान गरेको गरेको हो ।
विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट–१ वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
“श्रीमतीको १४ वर्षअघि मृत्यु भयो, छोराछोरीको हेरचाहका लागि दोस्रो विवाह गरिनँ, अहिले न छोराछोरीले हेरे, न त आफन्त र सरकारले नै, वडा कार्यालयबाट हामीजस्ता दुःख पाएका व्यक्तिलाई नगदसहित सम्मान गरेकामा खुसी लागेको छ”, जोगीथुमका केशव कुमालले भने ।
वडाले आफूहरूलाई सम्मान गरेकामा मन खुसी भएको बन्दना सुनारले बताए । उनले भने, “मेरा कुनै दाजुभाइ छैनन्, म बाबुआमालाई पालेर बसेकी थिएँ, बाबुआमाको मृत्युपछि म एकल जीवन बिताउँदै आएकी छु । एकल रूपमा भए पनि समाजमा आफ्नो काम गरेर जीविकोपार्जन गरेकी छु ।” उनले सम्मानस्वरुप पाएको रकमले औषधोपचार तथा आपत् विपद्मा खर्च गर्ने बताए ।
वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिला शारदा सुनारले बताइन् । उनले राज्यबाट कहीँकतैबाट सम्बोधनमा नपरेका हामीजस्ता एकल महिला–पुरुषलाई वडाले सम्मान गरेर हौसला बढाएको जनाउँदै एकल महिला तथा पुरुषको विषयमा सङ्घीय सरकारले समेत नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको औँल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण