एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा ठुलो बयान दिएका छन् । उनले आइफोन निर्माता घरेलु कम्पनी एप्पलका सीईओ टिम कुकलाई भारतमा आइफोन उत्पादन बन्द गर्न आग्रह गरेका छन् । भारतलाई आफ्नो हितको आफैँ ख्याल राख्न दिन पनि उनले कूकलाई भनेका छन् । भारत र अमेरिका ट्यारिफबारे कुरा गरिरहेको समयमा ट्रम्पको यो बयान आएको हो ।
हालै मात्र एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको खबर आएका थिए । ‘मैले हिजो टिम कुकसँग कुरा गरेँ । मैले उनलाई भनेँ, टिम तिमीसँग हामीले निकै धेरै राम्रो व्यवहार गरिरहेका छौँ । तिमी ५ अर्ब डलरको कम्पनी बनाउँदैछौ, तर अहिले म सुनिरहेको छु कि तिमी भारतमा कारखाना खोल्दैछौ रे । म चाहँदिन कि तिमी भारतमा आइफोन बनाऊ’ मिडियासँग कुरा गर्दै ट्रम्पले भने ।
‘यदि तिमी भारतलाई सहयोग गर्न चाहन्छौँ भने त्यो ठिकै छ । तर भारत संसारमा सबैभन्दा बढी कर लगाउने देशहरूमध्ये एक हो । त्यहाँ बेच्न गाह्रो छ । भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ, जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलगाउने वाचा गरेका छन्’ उनले भने ।
‘हामीले वर्षाैंसम्म तिमीले चीनमा बनाएको कारखानालाई सह्यौँ । अब म चाहँदिन कि तिमी भारतमा कारखाना खोल । भारतले आफ्नो ख्याल राख्न सक्छ । उनीहरूले धेरै राम्रो गरिरहेका छन् । हामी चाहन्छौँ कि तिमी आइफोन अमेरिकामै बनाऊ’ अझ अगाडि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण