राजीनामा दिएकी प्रदेश सभा सदस्य गीता गुरुङलाई सभामुखले पठाए पत्र
सारांश
- जनमत पार्टीकी प्रदेश सभा सदस्य गीता गुरुङको राजीनामा केही दिन होल्ड हुने भएको छ। उनले इमेलमार्फत राजीनामा दिएकी थिइन्।
- सभामुखले स्वयं उपस्थित भएर राजीनामा दिन भनेका छन्। राजीनामा पत्र आधिकारिक हो कि होइन भन्नेमा अन्योल रहेको छ ।
- गीता दुई महिनादेखि बेलायतमा छिन् भने उनका श्रीमानले जनमत पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन्।
बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले वैशाख ३० गते प्रदेश सभामा पठाएको राजीनामा अझै केही दिन ‘होल्ड’ हुने भएको छ ।
गीताले प्रदेश सभा सचिवालयमा इमेलमार्फत राजीनामा पठाएकी थिइन् । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले इमेलबाटै गीतालाई जवाफ पठाउँदै स्वयं उपस्थित भएर राजीनामा दिन भनेका छन् ।
गीता दुई महिनादेखि बेलायतमा बस्दै आएकी छन् । उनको राजीनामाबारे पार्टीले पनि के गर्ने भन्नेबारे अझै ठोस निर्णय गरेको छैन ।
भैरहवा निवासी उनका श्रीमान कैलाश गुरुङले गीताको राजीनामा पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । पार्टीका केन्द्रीय सचिव एवं रुपन्देही निवासी नेता भूपेन्द्र यादवले राजीनामा केही दिन होल्ड गर्ने रातोपाटीलाई बताए ।
उनले भने, ‘अहिले समामुखज्यूले पनि दर्ता गर्नु भएको छैन । राजीनामापछि कसरी जाने भन्नेमा छलफलमा गर्न बाँकी नै छ । २÷४ दिन होल्ड नै हुन्छ ।’
जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गीता गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कबाहिर रहेको प्रस्ट पार्दै उनको विषयमा पार्टीको केन्द्रबाट निर्देशन आएपछि अगाडि बढ्ने बताए ।
- राजीनामा पत्रमा प्रदेशसभाको ५ शङ्का
तीन दिन अघि गीता गुरुङकै नामबाट प्रदेश सभामा इमेलमार्फत आएको राजीनामा पत्र आधिकारिक हो कि होइन भन्नेबारे प्रदेश सभा सचिवालयका कर्मचारीहरू अन्योलमा छन् ।
सचिवालयको इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि प्रक्रिया नपुगेका कारण सभामुखले अस्वीकृत गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले रातोपाटीलाई बताए । इमेलबाट प्राप्त पत्र शङ्कास्पद देखिएपछि थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै पत्राचार गरिएको उनको भनाइ छ ।
गीताको राजीनामा पत्रमा लेखिएको इमेल र प्रदेश सभामा पठाएको इमेल फरक रहेको स्रोत बताउँछ । यस्तै, गीताको नामकै स्पेलिङ फरक–फरक रहेको र सभामुखलाई समेत व्यहोरा पु¥यााएर सम्बोधन नगरिएको स्रोतको भनाइ छ ।
प्रदेश सभामा गीताले गरेको हस्ताक्षर र राजीनामा पत्रमा गरेको हस्ताक्षर समेत फरक रहेको बताइएको छ । यसअघि लुम्बिनी प्रदेश सभामा सदस्यहरूले राजीनामा दिँदा स्वयं उपस्थित हुने प्रचलन रहेकोमा गीताको सवालमा त्यो प्रचलन तोडिएकाले पनि शंका उत्पन्न भएको सचिवालय स्रोत बताउँछ ।
लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका ३ जना सांसद छन् । गीता गुरुङ आफ्ना छोराछोरीसहित बेलायतमै बस्दै आएकी छन् । उनका श्रीमान कैलाश गुरुङले समेत जनमत पार्टी परित्याग गरेका छन् । उनी जसपामा प्रवेश गरी केन्द्रीय सदस्य बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण