आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

लागुऔषधसहित विभिन्न स्थानबाट ३९ जना पक्राउ

शनिबार, ०३ जेठ २०८२, १९ : ४९
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३९ जनालाई पक्राउ गरेको छ।
  • मोरङ, कैलाली, झापा, कञ्चनपुर, बाँके, सुर्खेत, सिराहा, तनहुँ र रोल्पा लगायतका जिल्लाहरूमा लागुऔषध बरामद गरिएको छ।
  • पक्राउ पर्नेमा विभिन्न व्यक्तिहरू रहेका छन्, र उनीहरूबाट ब्राउनसुगर, खैरो हेरोइन, चरेश जस्ता लागुऔषध बरामद गरिएको छ।

काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३९ जनालाई पक्राउ गरेको छ ।    

  • मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जोनी राई, सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय अशोक कटुवाल, लेटाङ नगरपालिका-६ बस्ने ३२ वर्षीय सनम राई, उर्लाबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय मिलन ढकाल, सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय मुकुन्द दुलाल, झापा गौरादह नगरपालिका-८ बस्ने २३ वर्षीय ओम नारायण ताजपुरिया, झापा कमल गाउँपालिका-२ बस्ने २७ वर्षीय समिर न्यौपाने, २७ वर्षीय निरज सुब्बा, सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय इन्द्र लिम्बु, ३६ वर्षीय सुमन राई, झापा दमक नगरपालिका-५ बस्ने २२ वर्षीय आशिष कुमार साह, २८ वर्षीय निरज सुबेदी र मोरङ रतुवामाई नगरपालिका-८ बस्ने ३३ वर्षीय नबिन नेपाली रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय सिजुवा र इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ४४६ नम्बरको मोटरसाइकलमा सवार जोनी, अशोक र सनमलाई ६ ग्राम ९ सय ३० मिलिग्राम, को.२८ प ५१९६ नम्बरको स्कुटरमा सवार मिलन र मुकुन्दलाई ४ ग्राम ६ सय ९० मिलिग्राम, मे.१० प ८१११ नम्बरको मोटरसाइकलमा सवार ओम नारायणलाई १ ग्राम २ सय ७० मिलिग्राम, हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार समिर र निरजलाई १ ग्राम ३ सय ६० मिलिग्राम, मे.५ प ४५०६ नम्बरको मोटरसाइकलमा सवार इन्द्र र सुमनलाई २ ग्राम ८ सय ९० मिलिग्राम, मे.३ प ६६६५ नम्बरको मोटरसाइकलमा सवार आशिष र निरज सुबेदीलाई ३ ग्राम ७ सय २० मिलिग्राम र  पैदलयात्री नबिनलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो  ।
  • यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरू चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम १ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय मनिस राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरी शनिश्चरे नगरपालिका-२ बस्ने ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार मनिस र डिकेन्द्र तथा को.२७ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार बुद्दिराज र सूर्यलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
  • यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-४ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ६० मिलिग्राम, मोबाइल ६ थान र नगद १ लाख ५ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रतुवामाई नगरपालिका-९ घर भएकी ४९ वर्षीया लिला कुमारी थारू तथा उनकै छोराहरू २५ वर्षीय रंजित धामी थारू र २४ वर्षीय प्रबिन धामी थारू रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 
  • कैलाली, टिकापुर नगरपालिका-१ कान्छी बजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-८ भगरैया बस्ने २७ वर्षीय दुर्गा प्रसाद चौधरी र टिकापुर नगरपालिका-१ वनगाउँ बस्ने ३१ वर्षीय संजिप चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
  • यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ नयाँबस्तीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय छत्र साउदलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • झापा, कन्काई नगरपालिका-४ इलुवाबारीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम, गाँजा १० ग्राम र मोबाइल ८ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय चन्द्र कुमार चौधरी र २४ वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । 
  • यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल ७ ट्याब्लेट र नाइट्राजेपाम २ ट्याब्लेट सहित मेचीनगर नगरपालिका-१० बस्ने २३ वर्षीय अंकित खरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । 
  • कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ बस्ने २६ वर्षीय अभिशेक चटौत र सोही नगरपालिका-७ बस्ने ३० वर्षीय सन्देश बोहरा रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.१ प ८८०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • बाँके, कोहलपुर नगरपालिका-११ एकतानगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क नजिकैबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बर्दिया गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय बिबेक चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • सिराहा, लहान नगरपालिका-१२ स्थित भोटिया टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम,   नगद ५१ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२२ लबटोली बस्ने ३२ वर्षीय दिनेश कुमार यादव र उनकै बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले को.५ प ६९२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले दिनेशको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० ग्राम, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रूपैयाँ, ३५ हजार ७ सय ८० भारतीय रूपैयाँ, मोबाइल ४ थान र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ । 
  • यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-३ चमार टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब   ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र सोही गाउँपालिका-२ तुलसीपुर बस्ने १९ वर्षीय निरज राय रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ३०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • तनहुँ, ब्यास नगरपालिका-३ साँगे चोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, बुप्रेनोर्फिन २५ एम्पुल र मोबाइल १ थान सहित शुक्लागण्डकी नगरपालिका-१ कोत्रे बस्ने ३० वर्षीय बुद्ध गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । 
  • रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँ डेरा गरी बस्ने ३१ वर्षीय राजन गुप्ता समेत ४ जनालाई अवैध लागुऔषध चरेश ६ ग्राम ८ सय २० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप