सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण

आइतबार, ०४ जेठ २०८२, ०९ : ५०
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाको सफल आरोहण गरे। उनले ८,८४८ मिटरको चुचुरोमा झण्डा फहराए।
  • छत्यालले यसअघि लोबुचे हिमाल पनि चढेका थिए। उनी 'सगरमाथा संवाद' र सशस्त्र प्रहरी बलको झण्डा लिएर गएका थिए।
  • प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षकले उनलाई बिदाई गरेका थिए। छत्याल हाल हलचोकमा कार्यरत छन्।

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे  उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन्  । 

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

उनलाई बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए । 

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं। १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप