मखन आगलागी : छानबिन गरेर १० दिनभित्र रिपोर्ट बुझाउन उपप्रमुख डंगोलको निर्देशन
सारांश
- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मखनटोल आगलागी घटनाको छानबिन गर्न निर्देशन दिएकी छिन्।
- उपप्रमुखले छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले वैशाख ३१ गते काठमाडौँ महानगरपालिकाको वडा–२४ मखनटोलमा भएको आगलागीको घटना छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिएकी छन् ।
उपप्रमुख डंगोलले गुरागाईँलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
वैशाख ३१ गते मखनमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक जनाको आगलागीमै जलेर ज्यान गएको थियो । आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँच तले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगलागीको घटना लगत्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलले स्थगत अनुगमन गरेकी थिइन् ।
‘वैशाख ३१ मा आगलागी भएपछि म आफैँ अनुगमनमा गएर त्यहाँको वस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन्, ‘काठमाडौँ महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगलागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासाहरू पनि आएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्याद भित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण