आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने

आइतबार, ०४ जेठ २०८२, १३ : ४४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • अमृत साइन्स क्याम्पस स्ववियुले क्याम्पस वरपर स्पा र थेरापीका विज्ञापनमा रोक लगाएको छ।
  • स्ववियुले शैक्षिक वातावरणमा नकारात्मक असर परेको भन्दै विज्ञापन हटाउन अनुरोध गरेको छ।
  • विज्ञापन नहटाएमा कारबाही गर्ने चेतावनी पनि स्ववियुले दिएको छ।

काठमाडौँ । अमृत साइन्स (अस्कल) क्याम्पस वरिपरि आपत्तिजनक साग्रगीको विज्ञापन गर्न नपाइने भएको छ । अमृत क्याम्पस स्ववियुले एक विज्ञप्ति जारी गर्दै क्याम्पस वरिपरि स्पा, थेरापी जस्ता विषयहरूको विज्ञापन गरिएको भन्दै त्यसलाई रोक लगाएको हो । 

यस्ता विज्ञापनले शैक्षिक क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने देखिएको भन्दै स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले क्यापस वरपर यस्ता खालका विज्ञापन गर्न रोक लगाइएको बताए । त्यस्ता विज्ञापनहरू तत्काल हटाउन अनुरोध गरिएको र नहटाएको खण्डमा स्ववियुले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । 

अमृत क्याम्पस वरपरको सडक छेउका पोलहरूमा स्पा, थेरापी जस्ता विज्ञापन गरिएको छ । विद्युतीय पोलहरूमा राखिएको त्यस्ता खालका विज्ञापनहरूले शैक्षिक वातावरणमा नकारात्मक असर परेको अध्यक्ष पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप