अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
आइतबार, ०४ जेठ २०८२, १३ : ४४
सारांश
- अमृत साइन्स क्याम्पस स्ववियुले क्याम्पस वरपर स्पा र थेरापीका विज्ञापनमा रोक लगाएको छ।
- स्ववियुले शैक्षिक वातावरणमा नकारात्मक असर परेको भन्दै विज्ञापन हटाउन अनुरोध गरेको छ।
- विज्ञापन नहटाएमा कारबाही गर्ने चेतावनी पनि स्ववियुले दिएको छ।
काठमाडौँ । अमृत साइन्स (अस्कल) क्याम्पस वरिपरि आपत्तिजनक साग्रगीको विज्ञापन गर्न नपाइने भएको छ । अमृत क्याम्पस स्ववियुले एक विज्ञप्ति जारी गर्दै क्याम्पस वरिपरि स्पा, थेरापी जस्ता विषयहरूको विज्ञापन गरिएको भन्दै त्यसलाई रोक लगाएको हो ।
यस्ता विज्ञापनले शैक्षिक क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने देखिएको भन्दै स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले क्यापस वरपर यस्ता खालका विज्ञापन गर्न रोक लगाइएको बताए । त्यस्ता विज्ञापनहरू तत्काल हटाउन अनुरोध गरिएको र नहटाएको खण्डमा स्ववियुले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए ।
अमृत क्याम्पस वरपरको सडक छेउका पोलहरूमा स्पा, थेरापी जस्ता विज्ञापन गरिएको छ । विद्युतीय पोलहरूमा राखिएको त्यस्ता खालका विज्ञापनहरूले शैक्षिक वातावरणमा नकारात्मक असर परेको अध्यक्ष पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण