यी बेलायतीले तोडे सगरमाथा आरोहणको आफ्नै रेकर्ड
सोमबार, ०५ जेठ २०८२, १० : ४४
सारांश
- बेलायती पर्वतारोही केन्टन कुलले १९ पटक सगरमाथाको सफल आरोहण गरे। उनी गैर-शेर्पा मध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्ति हुन्।
- केन्टन कुलले २००४ देखि हरेक वर्ष सगरमाथा आरोहण गर्दै आएका छन्। यसपटक दोर्जे ग्याल्जेन शेर्पाले २३ औं पटक सगरमाथा चढे।
- सगरमाथा आरोहणको कीर्तिमान कामीरिता शेर्पाको नाममा छ, जसले ३० पटक सगरमाथा चढिसकेका छन्।
काठमाडौँ । संसारको सर्वोच्च र र चढ्न कठिन चुचुरोमध्ये एक हो सगरमाथा । यहाँ एक पटक त मुस्किल छ, तर एक बेलायती पर्वतारोहीले १९ पटक सगरमाथा चढेका छन् । गाइड तथा पर्वतारोही केन्टन कुल सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने गैर-शेर्पा हुन् ।
दक्षिण–पश्चिम इङ्गल्यान्डका बासिन्दा ५१ वर्षीय केन्टन कुलले आइतबार स्थानीय समयअनुसार बिहान ११ बजे अन्य केही पर्वतारोहीहरूसँगै ८,८४९ मिटर अग्लो चुचुरोमा पुगेका थिए ।
कुलले पहिलो पटक २००४ मा सगरमाथा आरोहण गरेका थिए र त्यसबेलादेखि लगभग हरेक वर्ष उनले यो उपलब्धि दोहोर्याउँदै आएका छन् । आइतबार, उनको साथमा दोर्जे ग्याल्जेन शेर्पाले पनि सगरमाथा चढेका थिए ।
योसँगै दोर्जेले २३ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्ति कामीरिता शेर्पा हुन् । उनले ३० पटक सगरमाथा चढिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण