दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ : मन्त्री भण्डारी
सारांश
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता औंल्याए।
- मन्त्रीले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिए।
- उनले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनुपर्ने र आयात-निर्यात सन्तुलन बढाउनुपर्ने बताए।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता रहेको बताएका छन् । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक सङ्घद्वारा सोमबार ललितपुरमा आयोजित ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा बोल्दै उनले सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
मन्त्री भण्डारीले नेपालको कच्चा पदार्थमा आधारित विकास निर्माण गर्नुपर्नेमा जोड दिए । ‘आज हामी सिमेन्टमा आत्मनिर्भर भएका छौँ, बालुवा, गिट्टी हाम्रै वरिपरि उपलब्ध छ, यसको प्रयोग बढाउनुपर्छ, स्वदेशमै रहेका सामग्रीबाट विकास निर्माणका कामहरू गर्न सक्छौँ र यो अभ्यास बढाउनुपर्छ,’ उनले भने, ‘हामीले विकास निर्माणलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउनु जरुरी छ । यसमा भएका कानुनी समस्याहरू समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न तयार छु ।’
विकसित मुलुकहरूले कालोपत्रे सडक विस्थापित गर्दै सेतो पत्रेमा जोड दिएको हुँदा नेपालले उक्त अभ्यास बढाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले उद्योग सञ्चालकहरूले पनि वातावरणीय प्रभावको ख्याल गर्नुपर्ने बताए । अहिले कतिपय विकास निर्माणका कार्य अपरिपक्व रहेको भन्दै विकास निर्माणलाई दिगो र भरपर्दो बनाउनुपर्ने उनको भनाई थियो।
‘अहिले पहाडका केही सडकहरू एकातिर निर्माण भइरहने अर्कोतिर भत्कँदै जाने अवस्था छ, कालोपत्रे भएका सडक एक दुई वर्षमै भत्किएका पनि छन् । तर सिमेन्ट र छडको प्रयोग गरेर सडकहरू निर्माण भएमा कम्तीमा पनि १० वर्ष टिक्न सक्ला त्यसैले सेतो पत्रेमा जोड दिनु आवश्यक छ,’ उनले भने, ‘यसमा सरकार र व्यवसायीका तर्फबाट भूमिका आवश्यक छ ।’ मन्त्री भण्डारीले आयात र निर्यातको सन्तुलन बढाउनुपर्नेमा जोड दिए । बाह्य उत्पादन नेपाल भित्रिए जसरी नै नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण