ट्रम्पको विदेश नीतिको बचाउमा उत्रिए मार्क रुबियो
सारांश
- अमेरिकी विदेशमन्त्री मार्क रुबियोले ट्रम्प प्रशासनको विदेश नीतिको बचाउ गरे। उनले डेमोक्रेटिक सांसदहरूसँग युक्रेन-रुस युद्ध, गाजा संकट र शरणार्थी नीतिबारे छलफल गरे।
- रुबियोले इजरायललाई मानवीय सहायता पुनः सुरु गर्न अमेरिकाले प्रोत्साहित गरिरहेको बताए, तर युरोपेली प्रतिबन्धलाई समर्थन नगर्ने उल्लेख गरे। उनले गाजामा सहयोग आवश्यक रहेको स्वीकार गरे।
- रुसले युद्धविरामको ठोस प्रस्ताव नगरेमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिने र दक्षिण अफ्रिकाबाट आएका गोरा आप्रवासीलाई प्राथमिकता दिने विषयमा पनि उनले धारणा राखे।
वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्री मार्क रुबियोले आफ्ना राष्ट्रपतिको विदेश नीतिको बचाउ गरेका छन् । ट्रम्प प्रशासनको विदेश नीतिलाई लिएर मंगलबाररुबियो र डेमोक्रेटिक सांसदहरूबिच चर्काचर्की भएको थियो ।
दुई पक्षबिच युक्रेन–रुस युद्ध, गाजा संकट, शरणार्थी नीति र दक्षिण अफ्रिकाबाट गोरा आप्रवासीहरूको आगमन आदिलाई लिएर भनाभन भएको थियो ।
अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायता पुनः सुरु गर्न प्रोत्साहित गरिरहेको तर धम्की नदिएको रुबियोले बताए । युरोपेली देशहरूले इजरायलमाथि लगाएको प्रतिबन्धलाई अमेरिकाले समर्थन नगर्ने पनि उनले बताए ।
यद्यपि, गाजामा नागरिकहरूको अवस्था गम्भीर रहेको र सहयोग आवश्यक रहेको चाँहि उनले स्वीकार गरे । आगामी दिनहरूमा सहयोग पुनः प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् ।
रुस–युक्रेन युद्ध र सम्भावित प्रतिबन्ध
रूसले युद्धविरामको लागि ठोस प्रस्ताव ल्याएन भने अमेरिकाले उसमाथि नयाँ प्रतिबन्ध लगाउने बारेमा विचार गर्ने उनले बताए । यद्यपि, शान्ति वार्तालाई असर गर्न सक्ने भएकोले ट्रम्प अहिले नै प्रतिबन्धको धम्की दिन चाहँदैनन् ।
नवनिर्वाचित पोप लियो चौधौँको नेतृत्वमा भ्याटिकनले सम्भावित वार्ता आयोजना गर्न सक्ने सुझाव पनि उनले दिएका छन् ।
डेमोक्रेटहरूले ट्रम्प प्रशासनलाई सम्पूर्ण शरणार्थी नीति रोकेको तर दक्षिण अफ्रिकाबाट आएका गोरा अफ्रिकीहरूलाई विशेष अनुमति दिएको आरोप लगाएका थिए । यसको जवाफमा कसलाई शरण दिने र कसलाई नदिने भन्ने निर्णय गर्ने अधिकार अमेरिकालाई रहेको रुबियोले बताए ।
केही समूहहरूको पृष्ठभूमि र प्रमाणीकरण प्रक्रियाहरू सजिलो हुने अनि त्यसैले तिनीहरूलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण