चिहानबाट चोरिएको जिम माेरिसनको मूर्ति ३७ वर्षपछि भेटियो
सारांश
- दिवंगत गायक जिम मोरिसनको हराएको मूर्ति ३७ वर्षपछि पेरिस प्रहरीले फेला पारेको छ।
- १९८८ मा हराएको मूर्ति ठगी मुद्दाको अनुसन्धानको क्रममा फेला परेको हाे ।
वासिङ्टन डीसी । चर्चित दिवङ्गत गायक जिम मोरिसनका प्रशंसक र प्रशंसकहरूका लागि खुसीको खबर छ । प्रहरीले अन्ततः जिम मोरिसनको मूर्ति फेला पारेका छन् । मोरिसनको चिहानमा राखिएको उनको ढुङ्गाको मूर्ति चोरी भएको थियो ।
प्रहरीले अन्ततः यो मूर्ति हात पारेको छ । अमेरिकी गायक तथा कवि जिम मोरिसनको यो मूर्ति सन् १९८८ मा गायब भएको थियो । ३७ वर्षपछि प्रहरीले यो मूर्ति बरामद गरेको छ ।
पेरिस प्रहरीले मूर्ति फेला पारेको हो । १९८८ मा पेरे–लाचैस चिहानबाट हराएको मूर्ति पेरिसका सरकारी वकिलले ठगी मुद्दासँग सम्बन्धित खोजीको क्रममा फेला पारेको प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । वित्तीय भ्रष्टाचार विरोधी एकाइले गरेको अनुसन्धानको क्रममा यो मूर्ति फेला परेको थियो । मोरिसनको यो मूर्ति चिहानमा राखिनेछ कि छैन भन्ने निर्णय भएको छैन ।
मोरिसनको मृत्यु सन् १९७१ मा भएको थियो । २७ वर्षको उमेरमा गायक बाथटबमा मृत फेला परेका थिए । उनको मृत्युको कारण हृदयघात भएको भनिएको थियो । मृत्यु पछि गायकलाई पेरिसको चिहानमा गाडियो । ३०० पाउन्डमा उनको मूर्ति बनाएर उनको १० औँ पुण्यतिथिमा १९८१ मा उनको चिहानमा यसलाई राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण