गोनोरियाविरुद्ध विश्वकै पहिलो खोप लञ्च गर्दैछ बेलायत
सारांश
- बेलायतले गोनोरिया नियन्त्रण गर्न खोप जारी गर्दैछ, यो खोप बनाउने बेलायत पहिलो देश बन्नेछ।
- खोप समलिङ्गी र उभयलिंगी पुरुषलाई लक्षित गरिएको छ, र २०२३ मा बेलायतमा ८५ हजार भन्दा धेरैमा गोनोरियाको संक्रमण देखिएको थियो।
- यो मेनेन्जाइटिस बी विरुद्धको खोप हो जसले गोनोरिया सङ्क्रमितको सङ्ख्या घटाउने आशा गरिएको छ, अगस्टदेखि खोप लगाउन थालिनेछ।
लन्डन । बेलायतले यौन सम्पर्कबाट सर्ने रोग गोनरिया नियन्त्रण गर्न सक्ने खोप जारी गर्दैछ । यो खोप बनाउने बेलायत विश्वको पहिलो देश बन्नेछ । खोप सबैका लागि उपलब्ध हुने भन्दै बीबीसीले समाचार छापेको छ ।
खोप खासगरी विगतमा धेरै जनासँग यौन सम्पर्क गरेका समलिङ्गी र उभयलिंगी पुरुषलाई लक्षित गरेर ल्याउन लागिएको हो । खोपका लागि कति जनालाई छानिनेछ भन्ने पनि अनिश्चित छ ।
खोपको प्रभावकारिता ३० देखि ४० प्रतिशत पाइएको छ । तर यसले बढ्दो सङ्क्रमणलाई नियन्त्रण गर्ने आशा एनएचएस इङ्गल्यान्डले गरेको छ । २०२३ मा बेलायतमा ८५ हजार भन्दा धेरैमा गोनोरियाको सङ्क्रमण देखिएको थियो । यो १९१८ यताकै उच्च हो ।
गोनोरियामा सधैँ लक्षण देखिँदैन । तर यसबाट सङ्क्रमितहरूलाई गुप्ताङमा पीडा हुने, असामान्य तरिकाले पानी बग्ने, सुन्निने र बाँझोपन जस्ता समस्या देखिन्छ ।
इम्पेरियल कलेज लन्डनले गरेको प्रक्षेपणका अनुसार खोप लोकप्रिय भयो भने यसले आगामी दशकसम्ममा सङ्क्रमितको सङ्ख्या १ लाख भन्दा धेरैले घटाउने र एनएचएसको झन्डै ८० लाख पाउन्ड बचाउनेछ । अगस्टदेखि खोप लगाउन थालिनेछ । खोप गोनोरियाकै लागि भनेर बनाइएको चाहिँ होइन ।
खासगरी यो मेनेन्जाइटिस बीविरुद्धको खोप हो । यो खोप अहिले बच्चाहरूलाई मात्रै लगाइन्छ । तर यी दुवै रोग गराउने ब्याक्टेरिया एकै हुन् । त्यसैले यो खोपले गोनोरिया सङ्क्रमितको सङ्ख्या एक तिहाइले घटाउने आशा गरिएको छ । केहीले यो खोपको प्रभावकारिताबारे प्रश्न पनि उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण