महिला समिति बैठक
महिला समितिमा लफडा : बाझाबाझ र माइक फालाफाल
बुधबार, ०७ जेठ २०८२, १८ : २३
१
सारांश
- प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूबीच बाझाबाझ भएको छ ।
- बैठकमा वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूचीमा भ्रमणको विषयलाई लिएर विवाद हुँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक फ्याँकेकी हुन्।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सदस्यहरूबिच नोकझोंक माइक फालाफाल भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक नै फालेकी हुन् ।
उनले फालेको माइकले अरू कसैलाई लाग्न भने पाएन । बैठकमा वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूची रहेको थियो । तर भ्रमण लगायतका विषयमा सभापति किरणकुमार साहबिच विवाद भएपछि नोँकझोँक हुँदै माइक फालिएको हो । माओवादीकै अर्का सांसद सुशीला सिर्पाली बोल्दै गर्दा बैठक कक्षमा प्रवेश गरेकी कुसारी बोल्न थालेपछि विवाद भएको एक सांसदले बताए ।
ती सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर फालेकी थिइन् । त्यसक्रममा सभापति साह र कुसारीबिच निकैबेर भनाभन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण