बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
महिला समिति बैठक

महिला समितिमा लफडा : बाझाबाझ र माइक फालाफाल

बुधबार, ०७ जेठ २०८२, १८ : २३
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूबीच बाझाबाझ भएको छ ।
  • बैठकमा वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूचीमा भ्रमणको विषयलाई लिएर विवाद हुँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक फ्याँकेकी हुन्।

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सदस्यहरूबिच नोकझोंक माइक फालाफाल भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले माइक नै फालेकी हुन् ।

उनले फालेको माइकले अरू कसैलाई लाग्न भने पाएन ।  बैठकमा वार्षिक प्रतिवेदन पास गर्ने कार्यसूची रहेको थियो । तर भ्रमण लगायतका विषयमा सभापति किरणकुमार साहबिच विवाद भएपछि नोँकझोँक हुँदै माइक फालिएको हो । माओवादीकै अर्का सांसद सुशीला सिर्पाली बोल्दै गर्दा बैठक कक्षमा प्रवेश गरेकी कुसारी बोल्न थालेपछि विवाद भएको एक सांसदले बताए । 

ती सांसदका अनुसार सभापति साहले बोल्ने पालो नदिएपछि उत्तेजित हुँदै कुसारीले माइक र आफ्नो अघि राखेको नेमप्लेट उठाएर फालेकी थिइन् । त्यसक्रममा सभापति साह र कुसारीबिच निकैबेर भनाभन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप