नेसपा गंगानारायण श्रेष्ठ समूहद्वारा केन्द्रीय समिति पुनर्गठन
सारांश
- नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूहले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।
- माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय लिन भोलि ललितपुरमा केन्द्रीय समितिको बैठक बोलाइने भएको छ।
- अध्यक्ष महिन्द्र राय यादव एकताबाट पछि हटेपछि श्रेष्ठ समूह माओवादीसँग एकता गर्न लागेको हो।
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूहले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । शनिबार बसेको कार्यकारीणी बैठकले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको हो । साथै नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय लिन भोलि(आइतबार) ललितपुरस्थित एकान्तकुनामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
२९ सदस्य केन्द्रीय कार्यकारिणी समितिमा १७ जना उपस्थिति भएको एक नेताले दाबी गरेका छन् । नेसपाको १६१ सदस्य केन्द्रीय समितिमा १०० जना आफूसँग भएको श्रेष्ठ समूहको दाबी छ । माओवादीसँग एकता गर्ने पूर्व सहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूहले एकता गर्न लागेको हो । पार्टीको कार्यदिशा, नाम, झन्डा लगायत विषय विगतमा नेसपाले राखेको सर्त बमोजिम एकता महाधिवेशनबाट टुङ्गो लगाउने माओवादीसँग एकता गर्न लागिएको ती नेताले रातोपाटीलाई बताए ।
तर, भोलिको केन्द्रीय समिति बैठक नेसपाले नबोलाएको महिन्द्र समूहले बताएका छन् । आफूहरू रूपान्तरण सहितको एकताको पक्षमा रहेकाले यथास्थितिमा माओवादीसँग एकता गर्न नसकिने उनीहरूको भनाइ छ । यसै विषयमा दुवै पक्षले आइतबार बिहान माओवादीका अध्यक्ष प्रचण्डसँग छलफल गर्दैछन् । माओवादीसँग एकताको विषयमा सैद्धान्तिक र वैचारिक मतभेद हुँदा नेसपा १४ महिनामा दुई पटक विभाजनको संघारमा पुगेको छ । यस अघि २०८० चैत ३ गते एकता प्रक्रियाबाट बाबुराम भट्टराई समूह अलग भएको थियो ।
- आजको बैठकमा को-को सहभागी थिए ?
१) गंगानारायण श्रेष्ठ, सिन्धुली
२) अक्कल बहादुर थिङ,काभ्रे
३) बन्दना सुवेदी,सिन्धुली
४) सुरद बहादुर स्याङ्तान,सिन्धुली
५) राजेन्द्र कुमार किराती, संखुवासभा
६) खुम्बराज खत्री, उदयपुर
७) दुर्गादेवी भट्टराई,गोरखा
८) ज्ञानेन्द्र कुमाल, गोरखा
९) रमेश पोखरेल,गोरखा
१०) शिव सुन्दर शाही,अछाम
११) रामकैलाश यादव,सर्लाही
१२) होम कुमारी तामाङ (दोङ) काभ्रे
१३) सोविन थिङ,मकवानपुर
१४) नहेन्द्र प्रधान,काठमाडौँ
१५) नरेन्द्रनाथ योगी, जुम्ला
१६) वेदप्रसाद आचार्य,बाँके
१७) महेन्द्र बहादुर शाही,बाजुरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण