जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
आइतबार, ११ जेठ २०८२, ११ : ५२
सारांश
- इलामको माङ्सेबुङमा जङ्गली च्याउ खाँदा १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङको मृत्यु भएको छ।
- च्याउ खाएपछि उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो, र उपचारका लागि अस्पताल लगिएको थियो।
- धनराज साङ्बाङ गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरूले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए।
विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छन् ।
उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो ।
यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण