सङ्घीयता सबलीकरणका लागि अधिकार प्रत्यायोजन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता सुदृढिकरणका लागि प्रदेशलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए।
- उनले संघीय सरकारले अनुदान नपठाउँदा प्रदेशले वित्तीय समस्या भोग्नुपरेको र विकास निर्माणका योजना प्रभावित भएको उल्लेख गरे।
- राप्ती उपत्यका देउखुरीमा राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरूको समन्वय बैठकमा मुख्यमन्त्रीले सम्बोधन गरेका थिए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सबलीकरणका लागि संविधानले प्रदत्त गरेका अधिकार प्रदेशमा प्रत्यायोजन गर्न कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताएका छन् । राप्ती उपत्यका देउखुरीमा आज आयोजित राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरूबिचको समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
संविधान प्रदत्त अधिकारमा सङ्कुचन आउन नदिने गरी प्रदेशमा अधिकारको प्रत्यायोजन हुनुपर्ने उनले बताए । उनले सङ्घीय सरकारले समीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले वित्तीय समस्या भोगिरहेको बताए ।
उनले गत वर्ष नै समीकरण अनुदान बापतको ठुलो रकम नआउँदा अहिले पनि प्रदेशले वित्तीय सङ्कट भोग्नुपरेको खुलाए । संविधानले समीकरण अनुदान सुनिश्चित गरेको तर यही विषयमा रकम कटौती हुने हुँदा विकास निर्माणका योजनामा प्रभाव पारेको मुख्यमन्त्री आचार्यले बताए ।
सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, लुम्बिनी प्रदेशका मन्त्रीहरू, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण