दुई पार्टीसँग एकता गर्ने माओवादीको निर्णय
सोमबार, १२ जेठ २०८२, ११ : ५०
सारांश
- माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
- सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
- नेसपा श्रेष्ठ समूहसँग ललितपुरमा र नेपाः राष्ट्रिय पार्टीसँग दिउँसो एकता हुने प्रवक्ताले बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।
नेसपा श्रेष्ठ समूहसँग सोमबार मध्यान्ह १२ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेट र नेपाः राष्ट्रिय पार्टीसँग १ः ३० बजे एकता हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण