बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

दुई पार्टीसँग एकता गर्ने माओवादीको निर्णय

सोमबार, १२ जेठ २०८२, ११ : ५०
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
  • सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
  • नेसपा श्रेष्ठ समूहसँग ललितपुरमा र नेपाः राष्ट्रिय पार्टीसँग दिउँसो एकता हुने प्रवक्ताले बताए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।

  नेसपा श्रेष्ठ समूहसँग सोमबार मध्यान्ह १२ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेट र नेपाः राष्ट्रिय पार्टीसँग १ः ३० बजे एकता हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप