प्रिमियर लिगमा निराशाजनक प्रदर्शनपछि एसिया भ्रमणमा निस्कियो म्यानचेस्टर युनाइटेड
सारांश
- म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा खराब प्रदर्शन गर्दै १५औँ स्थानमा सिजन टुंग्यायो।
- अन्तिम खेलमा एस्टन भिल्लालाई २-० गोलले हराए पनि टोलीले युरोपा लिगको अवसर गुमायो।
- एसिया भ्रमणमा निस्किएको म्यान युनाइटेडले मलेसियामा हङकङसँग खेल्नेछ, जसमा फर्नान्डेज र कासेमिरो जस्ता खेलाडी छन्।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि यो सिजन सुखद रहेन । प्रिमियर लिगमा अत्यन्तै खराब प्रदर्शन गरेको म्यान युनाइटेडले सिजनको अन्त्यतिर यूईएफए युरोपा लिगको उपाधि चुम्ने अवसर पनि गुमायो ।
म्यान युनाइटेडले आइतबार राति प्रिमियर लिगमा आफ्नो अन्तिम खेल खेल्यो । आफ्नो अन्तिम खेलमा भने म्यान युनाइटेडले एस्टन भिल्लालाई २–० गोलले हरायो । यो नतिजासँगै म्यान युनाइटेडले तालिकाको १५ औँ स्थानमा रहेर प्रिमियर लिग टुंग्यायो ।
म्यान युनाइटेडले ३८ मध्ये केवल ११ खेलमा जित, नौ खेलमा बराबरी र १८ खेलमा हारको नतिजा निकाल्यो । म्यान युनाइटेडले ४२ अंक बटुल्यो । यस क्रममा म्यान युनाइटेडले विपक्षीको पोष्टमा ४४ गोल ग¥यो भने आफूले ५४ गोल खायो ।
प्रिमियर लिगमा आफ्नो अन्तिम खेल खेलेलगत्तै म्यान युनाइटेड एसिया भ्रमणमा निस्किएको छ । एसिया भ्रमणका क्रममा म्यान युनाइटेडले मलेसियामा दुई खेल खेल्नेछ । म्यान युनाइटेडले मलेसियामा हङ्कङको राष्ट्रिय टोलीसँग खेल्न लागेको हो ।
म्यान युनाइटेड र हङ्कङबिचको खेल शुक्रबार खेलिने छ । मलेसिया भ्रमणका लागि प्रमुख प्रशिक्षक रुबेन अमोरिमले ३२ जना खेलाडीलाई समावेश गरेका छन् । टोलीमा कप्तान ब्रुनो फर्नान्डेज, चर्चित मिडफिल्डर कासेमिरो र प्रभावशाली विंगर एलेज्यान्ड्रो गार्नाचोलाई पनि समेटिएको छ ।
२० वर्षीय अर्जेन्टिनी खेलाडी गार्नाचो आइतबार राति खेलिएको एस्टन भिल्लाविरुद्धको खेलमा भने मैदानमा थिएनन् । उनी क्लब छाड्ने तयारीमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण