रुसले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
सोमबार, १२ जेठ २०८२, १६ : ४२
कीएभ । युक्रेनी वायुसेनाले आइतबार रातिदेखि सोमबार बिहानसम्म रुसले युक्रेनमा ३५५ ड्रोन र ९ वटा मिसाइल प्रहार गरेको बताएको छ। युक्रेनी वायुसेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यो आक्रमण युद्धको क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन हमला थियो।
युक्रेनी वायुसेनाले सबै क्षेप्यास्त्रहरू खसालेको बताएको छ भने २८८ वटा युएभी र ड्रोनहरू ‘निष्क्रिय’ पारिएको दाबी गरेको छ । यसअघि युक्रेनले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले २९८ ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको बताएको थियो।
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा निरन्तर बमबारी गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'पागल' भनेका छन्।
ट्रम्पले रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण