ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताएका छन् ।
मन्त्रालयका सचिव, पूर्व सचिव, ऊर्जा विज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग सोमबार विद्युत् विधेयकका विषयमा छलफल गर्दै मन्त्री खड्काले ऊर्जा विकासको मार्गचित्रलाई पूरा गर्न उक्त विधेयक अपरिहार्य रहेको बताएका हुन् ।
सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, यसलाई पूरा गर्न विद्युत् विधेयक अत्यन्त अपरिहार्य रहेको छ,” मन्त्री खड्काले भने। विद्युत् विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाई रहेका थियो ।
“हाम्रो सङ्गठित र संयुक्त प्रयासबाट तयार भएको यस विधेयकले राष्ट्रिय ऊर्जा क्षेत्रलाई दीर्घकालीन स्थायित्व प्रदान गर्नाका साथै निजी तथा वैदेशिक लगानीलाई समेत आकर्षित गर्नेछ,” उनले भने ।
विधेयकले जलविद्युत् उत्पादन, प्रसारण, वितरण र बजार व्यवस्थापनमा स्पष्ट नीति तथा संरचना तय गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने खालको कानुनी आधार तयार गर्नेछ ।
यसले ऊर्जा सुरक्षाको प्रत्याभूति गर्दै स्थानीय र राष्ट्रिय दुवै तहमा आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको मन्त्री खड्काले बताए ।
सरकारले राखेको २८ हजार ५०० मेगावाट उत्पादन लक्ष्य प्राप्त गर्न दीर्घकालीन योजना, आधुनिक पूर्वाधार तथा लगानीमैत्री नीति आवश्यक रहेको सन्दर्भमा यो विधेयक रणनीतिक महत्वको कदम मानिएको उहाँले बताए ।
उक्त विधेयकलाई ‘समृद्ध नेपाल निर्माणतर्फको सशक्त पाइला’ भएको उनले बताए । विधेयकले सम्पूर्ण नेपालीका लागि उज्ज्वल भविष्य सुनिश्चित हुने मन्त्री खड्काको भनाइ थियो ।
सरकारले यो विधेयकलाई चाँडै संसद्मा प्रस्तुत गर्दै पारित गराउने तयारी गरिरहेको छ ।
ऊर्जा विज्ञ र सरोकारवाला निकायले समेत विधेयकको स्वागत गर्दै यसले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण