कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ साल ज्येष्ठ १३ गते । मङ्गलवार । इस्वी सन् २०२५ मे २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । ज्येष्ठ कृष्णपक्ष । तिथि–औशी, ९ घडी २७ पला, बिहान ८ बजेर ५९ मिनेट उप्रान्त प्रतिपदा ।
नक्षत्र–कृतिका, २ घडी २० पला, बिहान ६ बजेर ८ मिनेट उप्रान्त रोहिणी । योग –सुकर्मा,४८ घडी ५२ पला, रातको १२ बजेर ४४ मिनेट उप्रान्त धृति । करण–नाग, बिहान ८ बजेर ५९ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–वृष ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ९ पला ।
आजको बार बेला ।
बिहान ५ बजेर १२ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर १३ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर २ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर २६ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर २७ मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म रोग बेला ।
बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ८ बजेर ९ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ३६ मिनेटदेखि बिहान ४ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिठो बोल्दा पनि विपक्षीहरूले गलत अर्थ लगाई तपाईँको साख गिराउन खोज्नेछन् । व्यापार, शेयर बजार तथा उद्योगमा सुझबुझका साथ लगानी गर्नुहोला । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनुहोला । आफन्तसँग आर्थिक कुरामा राय बाझिने तथा मनमुटाब सिर्जना हुन सक्छ । गीत सङ्गीत तथा फिल्मी क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । बिद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ । टेक्निकल क्षेत्रको लगानी वा अध्ययनको लागी समय उत्तम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरूले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागी आफन्तबाट आवश्यक कामहरू हुनेछन् । कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष परिवर्तन गरी आम्दानी गर्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार वा शेयर बजारबाट लाभ लिन सकिनेछ । सामाजिक वा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म सस्कृति तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्न नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नसोस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट नाफा कमाउन सकिनेछ । शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । फिल्मी क्षेत्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पारिवारिक सम्बन्ध सुदृढ तथा सहयोगात्मक रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धराशायी हुन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडिहरू आज टाडै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ । माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकी हरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उद्योग, व्यापार तथा शेयर बजारमा लगानी बढाई भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड