शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

युवा संघ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

मङ्गलबार, १३ जेठ २०८२, १० : १६
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • पोखरामा राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान १० बजेदेखि मतदान सुरु भएको हो।
  • क्षितिज थेबे र सुमन पुरीले आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका छन् र उनीहरूले मतदानको सुरुवात गरेका हुन्।
  • निर्वाचनका लागि ४२ वटा विद्युतीय मेसिन राखिएको छ र प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । 

आगामी नेतृत्वका लागि क्षितिज थेबे र  सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । 

निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।

थेबे प्यानलबाट  उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । 

महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप