तीन हजार कर्मचारीलाई कामबाट निकाल्दै भोल्भो कार्स
स्टकहोम । स्वीडेनस्थित कार निर्माता कम्पनी भोल्भो कार्सले करिब तीन हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ ।
खर्च कटौतीको उपायअन्तर्गत कम्पनीले कर्मचारी कटौती गर्न लागेको जनाएको छ । यस्तो कटौतीले खासगरी स्वीडेनमा रहेका कर्मचारीलाई प्रभावित पार्ने कम्पनीको भनाइ छ । यो कम्पनीको कुल ह्वाइट कलर जबको १५ प्रतिशत हुने बताइएको छ ।
कम्पनीको व्यापक संरचना हेरफेरका लागि गएको महिना भोल्भो कार्सले १ अर्ब ९० करोड डलर बराबरको कार्य योजना पेस गरेको थियो । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित कारमा २५ प्रतिशतको अतिरिक्त कर लगाएपछि कम्पनी मारमा परेको छ । यसबाहेक पनि सामानको उच्च लागत र युरोपमा बिक्रीमा आएको आर्थिक सुस्तताले पनि कम्पनी प्रभावित भइरहेको छ ।
अटो उद्योगले सामना गरिररहेको चुनौतीपूर्ण अवधिलाई कम्पनीका सीईओ हकन स्यामुएलसनले रोजगारी कटौतीको कारणको रुपमा औंल्याएका छन् । कम्पनीले निकै कष्टका साथ यो निर्णय गरेको अनि कम्पनीलाई बलियो बनाउन यो अहम् कदम भएको पनि एक विज्ञप्तिमा उनले भनेका छन् ।
अप्रिलमा कम्पनीको बिक्री वार्षिक ११ प्रतिशतले घटेको यस महिनाको सुरुमै भोल्भो कार्सले जनाएको थियो ।
रोजगारी कटौती गर्ने भोल्भो एक मात्रै अटो कम्पनी भने होइन, यही महिनाको मध्यतिर जापानी कम्पनी निशानले पनि विश्वभरबाट ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण