बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय
अपराध

बुटवलमा आमासहित २ बच्चाको बीभत्स हत्या

बुधबार, १४ जेठ २०८२, ०८ : ५०
बुधबार, १४ जेठ २०८२

बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो । 

अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले रातोपाटीलाई बताए  । 

हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

यद्यपि घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?